यति ग्रुपका अध्यक्ष शेर्पाको आत्मकथा

काठमाडौं । पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मकथा ‘हिम्बु’ आइतबार लोकार्पण भएको छ ।हिम्बुको अर्थ हिमालको छोरो भन्ने हो । हिम नेपाली र संस्कृत शब्द र बु शेर्पा शब्द मिलाएर किताबको नाम हिम्बु राखिएको हो।

पुस्तकमा विभिन्न ३३ वटा शीर्षकमा लेखक सोनाम शेर्पाका जीवनीमा आधारित विविध संस्मरणहरु प्रकाशित छन् ।

 उनले नेपालको पर्यटन क्षेत्रमा बिताएका ५० वर्षको अवधिमा भोग्नुपरेका उतारचढावलाई पुस्तकमा राम्रोसँग प्रस्तुत गरिएको छ ।

किताबमा एउटा भरिया शेर्पा अहिलेको यति समूहको अध्यक्षसम्म कसरी बने निकै प्रेरणादायी प्रसंगहरु रहेको पर्यटन व्यवसायी योगेन्द्र शाक्यले बताए ।

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको विश्वकै पहिलो सगरमाथा आरोहण दलका एकमात्र जीवित सदस्य कान्छा शेर्पा पनि उपस्थित थिए ।

कान्छासहितले लोकार्पण गरेको उक्त पुस्तकका बारेमा सम्पादक नयाँघरे,प्राध्यापक महेश पौडेललगायतले चर्चा गरेका थिए । सन् १९८७ मा थामसेर्कु हिमाल चढेर आरोहण थालेको सोनाम शेर्पाले गत वर्ष सगरमाथासहित विश्वका सात महादेशका सात अग्ला चुचुराको आरोहण सेभेन समिट गरेर किर्तिमान कायम गरेका छन् । उनी सेभेन समिट गर्ने पहिलो नेपाली हुन् ।

शेर्पाले आगामी दिन सास ट्रष्टमार्फत सामाजिक सेवामा काम गर्ने बताएका छन् । हिम्बु किताब बिक्रीबाट संकलित रकम सास ट्रष्टमार्फत नै आफ्नो जन्मगाउँको संस्था ह्यम्बु ठमिछो किदुक खरिखोला सोलुखुम्बु,डोल्पाको त्रिपुरा सुन्दरी मन्द्यिर,घुन्सा फाउन्डेसनलाई एक एक लाखको दरले प्रदान गर्ने घोषणा समेत गरेका छन् ।

शेर्पा पत्नी पासाङ ल्हामु शेर्पा पहिलो सगरमाथा आरोही नेपाली महिला हुन् । आरोहण सकेर फर्किने क्रममा २०५० वैशाखमा उनको निधन भएको थियो । किताबमा सोनामले आफ्नो परिवार र व्यवसाय अनि आफू यो अवस्थामा आउनुमा पत्नी अनिताको भूमिकाबारे उल्लेख गरेका छन् ।

यती एयरलाइन्स र तारा एयरका समेत अध्यक्ष रहेका शेर्पाको लगानी रहेको हिमालय एयरलायन्सले अन्तर्राष्ट्रिय उडान गर्छ । उनको होटल तथा रिसोर्टसहित पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको छ ।


Comment / Rely From