पर्यटन मन्त्रालयद्वारा २९ जना पर्यटन प्रवर्द्धक नियुक्त


नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय
२९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ। मन्त्रीस्तरको मिति २०८० फागुन १३ गतेको निर्णयानुसार पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशका लागि पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको हो।

जसमा कोरियाका लागी योसेप काड, थाइल्यान्डका लागी चिरन रत्न शाक्य, अमेरिकाको लागि विनोद अधिकारी , टोरन्टो क्यानडाको लागी सुमन अधिकारी, बेलायतका लागी सोमनाथ सापकोटा, जापानका लागी  रामहरि पुडासैनी नियुक्त भएका छन।

त्यसैगरी कतारका लागी राजेन्द्र कुमार शर्मा, चिनका लागी सागर बिष्ट, बुल्गेरियाका लागी भोला विक्रम थापा, आयरल्यान्डका लागी वसन्त न्यौपाने, जर्मनीका लागी श्याम श्रेष्ठ, न्युयोर्कका लागी गोकुल श्रेष्ठ ,मकाउका लागी  आनन्द श्रेष्ठ, हङकङका लागी तेज प्रकाश पुन , दुबई का लागी मनोज नेपाल , नर्थ क्यारोलिनाका लागी बिक्रम घिमिरे, राजु पराजुली, साउदी अरबका लागी राजेन्द्र अर्याललाई मन्त्रालयले नियुक्त गरेको छ।

लिजवन पोर्चुगलका लागी रमेशराज बास्तोला, पोल्यान्डका लागी 
डा. उदयदेव आचार्य ,माल्टाका लागि प्रकाश भण्डारी , बोस्टनका लागि मिलन गुरुङ , क्रोएसियाका लागी हरि बहादुर तामाङ, सुओन दक्षिण कोरियाका लागि सहारा मोक्तान ,ब्राम्प्टन क्यानडाका लागि बेखामान ब्यन्जनकार ,एडमन्टम क्यानडाका लागि सुवास गिरी,कल्गरे - क्यानडाका लागि सन्तोषराज दाहाल , न्युजिल्यान्डका लागी अनिल पन्त, ह्याम्पसार क्यानडाका लागि धन बहादुर सार्की नियुक्त भएका छन।

 


Comment / Rely From